पूर्व मन्त्री बोहराको प्रश्नः खोई कोरोना जाँच्ने किट ?

२४ बैशाख २०७७, बुधबार १५:४३

काठमाडौं , राप्रपाका वरिष्ठ नेता तथा पूर्वस्वास्थ्य मन्त्री दिपक बोहराले तत्काललाई एक घर एक परिक्षणको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नु भएको छ ।
नेता बोहराले सामाजिक संजाल टुइटरमा कोरोना भाईरस परिक्षणको दायरा नबढाउदासम्म लकडाउनले मात्र नहुने भन्दै तत्काललाई एक घर एक परिक्षणको व्यवस्था गर्न आग्रह गर्नु भएको हो ।
उहाँले नागरिकको आवश्यक मात्रामा परिक्षण नभएको र जनस्वास्थ्यमा खेलवाड नगर्न समेत आग्रह गर्नु भएको छ ।