जंगली च्याउ खाँदा पाल्पामा ७ जना बिरामी

२४ बैशाख २०७७, बुधबार १५:२२

रुपन्देही, पाल्पामा जंगली च्याउ खादा एकै परिवारका ७ जना बिरामी भएका छन् । तिनाउ गाउँपालिका ३ दोभान फूलबारीका लोक गायक वर्ष ३२ का अमरदीप विसिसहित ७ जना बिरामी भएका हुन ।

बिरामी हुनेहरुमा गायक विसिका श्रीमती ३१ वर्षिय माया विसि, ६० वर्षिय आमा कृष्णा सुनार, ३४ वर्षिय निल माया सुनार, २० वर्षिय दिलिप सुनार, १२ वर्षिय रेखा सुनार र १२ वर्षकै थमन सुनार बिरामी भएका छन् ।

उनीहरुको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मंगलबार विहान घर नजिकैको जंगलबाट ल्याएको च्याउ खाएका उनीहरुलाई राति एक्कासी वान्ता हुने र पखाला लाग्ने समस्या देखिएको थियो । राति अस्पतालमा ल्याएपछि स्वास्थ्यमा सुधार भएको अस्पतालले जनाएको छ ।