लकडाउन भएको ४२ दिन भईसक्यो पाचँ किलो चामलले खान पुग्छ र ? सांसद श्रेष्ठ

२३ बैशाख २०७७, मंगलवार १७:५६

काठमाण्डौं , नेपाली काँग्रेस बागमति प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठले नागरिकलाई पाँच किलो चामल हैन , पाँच पाँच हजार नगद दिन माग गर्नु भएको छ ।
काठमाण्डौं क्षेत्र न. एकका सांसद श्रेष्ठले सरकारले खर्च नभएको अरबौं बजेट थुपारेर राखेको छ काठमाण्डौ महानगरदेखि बागमति प्रदेश सम्म तर नागरिकलाई पाँच किलो चामल मात्रै बाड्ने ? लकडाउन भएको ४२ दिन भईसक्यो पाचँ किलो चामलले खान पुग्छ र ? भन्दै सरकारको आलोचना गर्नु भयो ।
नागरिकलाई घर जान पनि नदिने खान पनि नदिने यो के गरेको हो ?
कर उठाउने बेला चाँही स्थानीय, प्रदेश केन्द्र सबैतिर बाट उठाउने तर जनता डेढ महिना सम्म पाँच किलो चामलका भरमा कसरी बाँच्न सक्छन् र ? मान्छेले आत्महत्या गर्ने स्थिति आईसक्यो श्रेष्ठले भन्नु भयो ।
उहाँले अहिले मानिसहरु पाँच किलो चामलको लागि लाईन बस्न समेत दिक्क मान्न थालेको भन्दै ठोस राहत र आर्थिक सुधारको कार्यक्रम ल्याउन माग गर्नु भयो ।
अमेरीका लगायतका देशले सबै नागरिकलाई राहत दिएको उल्लेख गदै गरीब देशमा भएका जनतालाई बचाउन सरकार नलागेको भन्दै श्रेष्ठले सरकारको कडा बिरोध गर्नु भयो ।

उहाँले विदेशबाट आउने युवालाई रोजगारी सुनिश्चित गर्न अबको बजेटमा कार्यक्रम ल्याउन माग गर्नु भयो ।
उहाँले विदेशमा रहेका नेपालीलाई जहाँ छस् त्यही बस, मरे मर बाँचे बाँच भने जस्तो गर्न खोजेको भन्दै राज्य कोषको खर्च गरेर प्लेन चार्टर गरेर भए पनि आउन चाहने नेपालीलाई ल्याउन माग गर्नु भयो ।