मंसिर १ मा प्रर्दन हुने ‘झ्यानाकुटी’ मलाई चाहिँदैन अर्की’ भन्दैछन् सौगात (हेर्नुहोस् भिडियोमा)

२७ कार्तिक २०७४, सोमबार ०५:२२

कात्तिक २७, काठमाडौं । मंसिर १ गतेबाट देशभर प्रदर्शन हुन लागेको फिल्म ‘झ्यानाकुटी’को नयाँ गीत सार्वजनिक भएको छ ।

‘भो मलाई चाहिँदैन अर्की’ बोलको सार्वजनिक गीतमा धर्मेन्द्र सेवानको स्वर सुन्न सकिन्छ भने प्रदीप भारद्वाजको शब्दमा विकास चौधरीको संगीत रहेको छ ।

श्रीमती बेनिशा हमालले छोडेर गएपछि नायक सौगात मल्लको तड्पाईलाई गीतको भिडियोमा मर्मस्पर्शी शैलीमा देखाइएको छ । नायिका नीशा अधिकारीले पहिलो पटक निर्माण गरेको यो फिल्मलाई सिमोस सुनवारले निर्देशन गरेका हुन्।

‘झ्यानाकुटी’मा सौगात र बेनिशाका अलावा पुष्कर गुरुङ, सुमि मोक्तान, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । निर्देशक आफैले सम्पादन गरेको फिल्ममा सनिश सुनवार र विकास चौधरीको संगीत सुन्न सकिन्छ ।