हावाहुरीसहित पानी पर्ने

२१ बैशाख २०७७, आईतवार १३:१४

काठमाडौं , आज पनि देशभरको मौसम बदली भई अधिकांश स्थानमा हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु, पश्चिमी वायु, बंगाल र अरब सागरबाट उत्पन्न जलबाष्पयुक्त वायु र प्रि–मनसुनका कारण मौसम बदली भई केही दिन यता निरन्तर पानी परिरहेको छ। गएराति पनि देशका अधिकांश स्थानमा पानी परेको थियो। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान १६ दशमलव ४ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।