कोरोनाका तीनजना बिरामी थपिए, संक्रमितको संख्या ५७ पुग्यो

१७ बैशाख २०७७, बुधबार १२:१४

काठमाडौं , नेपालमा कोरोना भाइरस (कोभिड१९) का तीनजना बिरामी थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो। स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्‍जका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ।