ओली–प्रचण्डबीचको छलफल सकियो

१६ बैशाख २०७७, मंगलवार १७:०४

काठमाडौं, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।

दुई अध्यक्षद्धयबीचको भेटघाटमा के के विषयमा कुराकानी भयो भन्नेबारेमा केही खुलाइएको छैन । पछिल्लो समयमा पार्टीभित्र देखिएको विवादका विषयमा दुई अध्यक्षबीच कुराकानी भएको हो ।