
काठमाडौं, यति बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चर्केको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्ता तथा संवादमा जुटी रहेका छन् ।
यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसारअहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको छ ।
वार्तामा पार्टीमा बढ्दै गएको विवादको समाधान कसरी गर्ने भन्नेमा छलफल हुने स्रोतले बतायो ।
८ गते प्रधानमन्त्रीले ल्याएका दुई अध्यादेशबाट सुरु भएको विवाद अहिले नेकपामा चरम उत्कर्षमा पुगेको छ ।
अध्यादेश १२ गते फिर्ता लिए पनि विवाद भने साम्य भएको छैन ।
