प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार किन बोलाउनु भयो ?

१२ बैशाख २०७७, शुक्रबार १५:०६

काठमाडौं , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाउनु भएको समाचार प्राप्त भएको छ । प्रधानमन्त्री ओलीले देउवालाई आज दिउँसो ३ बजे बालुवाटारमा बोलाएको स्रोतले जनाएको छ ।

सरकारले गरेको राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पछि उत्पन्न भएका परिस्थित र कोरोना भाइरसको नियन्त्रणबारे छलफल हुने बुझिएको छ । उक्त अध्यादेश विवाद भएपछि सरकारले शुक्रबार फिर्ता लिने निर्णय गरिसकेको छ ।