
काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अपहरण शैलीमा सांसद उठाउने कार्यमा संलग्नलाई कारवाही हुनुपर्ने माग गर्नु भएको छ ।
शुक्रवार एक ट्वीट गर्दै शर्माले विवादित अध्यादेश फिर्ता लिएर सरकार सच्चिएको भन्दै शर्माले अपहरण शैलीमा सांसद उठाउनेलाई कारवाही हुनुपर्ने माग गर्नु भएको हो ।
‘अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो,अब अपहरण शैलीमा सांसद उठाउने कार्यमा संलग्नलाई कार्वाहीको प्रतीक्षामा छ देश ! उहाँले ट्वीटमा भन्नु भएको छ ।
