राजपा र समाजवादीको एकीकरण स्वार्थले प्रेरितः नेता रिजाल

११ बैशाख २०७७, बिहीबार १७:१३

नेकपाका युवा नेता राम प्रसाद रिजालले राजपा र समाजवादीको एकता स्वार्थले प्रेरित भएकोले लामो समय सम्म जान नसक्ने बताउनु भएको छ । आयोखवर संग छोटो कुरा गदै यस्तो बताउनु भएको हो ।

उहाँले राजपा संगको एकीकरणले नंया पार्टी जनता समाजवादी पहाड़मा झन कमजोर हुने निश्चित भएको बताउनु भयो । नेता रिजालले अशोक राईले तत्कालिन संघीय समाजवादी पार्टी लाई उपेन्द्रको फोरममा मिसाउँदा अशोक राईको पार्टीको पहिलेको जनमत लगभग ७० प्रतिशत गुमेको जानकारी दिनु भयो ।
यो एकताले नेकपा को सरकार लाई कुनै असर नपर्ने र सरकार नढल्ने बताउनु भयो । दुबै पार्टीको एकीकरणले संख्या बढे पनि प्रभाव झन घट्ने नेता रिजालको तर्क छ ।