‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

११ बैशाख २०७७, बिहीबार १६:३४

काठमाडौं , ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता गरिएको छ । दर्ता नम्बर १३८८ रहेको छ ।

उक्त दल दर्ता गर्न दुवै दलका नेताहरु कान्तिपथस्थित निर्वाचन आयोगमा गएका थिए । नव एकीकृत पार्टी जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताउनु भयो । समाजवादी र राजपाबीच बुधबार एकता भएको थियो ।