प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिने संकेत

११ बैशाख २०७७, बिहीबार १३:३४

oli

काठमाडौं , पार्टीभित्र र बिपक्षी दलबाट विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार हुनु भएको संकेत देखिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो ।
छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गर्नु भएको छ । दुई अध्यक्षबीच विकसित घटनाक्रमबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।