
काठमाडौँ , नेकपा वरिष्ठ नेता झलनाथ खनालले अस्थिरतावादी प्रवृत्तिविरुद्ध लड्न आह्वान गर्नु भएको छ । हालै सरकारले ल्याएको राजनीति दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता निम्ताउन सक्ने बहस भैरहेका बेला सत्तारुढ दलका वरिष्ठ नेता खनालको यस्तो भनाइ आएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा उहाँले बुधबार जारी गरेको विज्ञप्तिमा पार्टीमा अराजकतावादी र नोकरशाही प्रवृत्तिु बढ्न थालेको पनि संकेत गर्नु भएको छ ।
‘पार्टीलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक र संगठनात्मक रुपले सुदृढ र एकताबद्ध गरेर तथा पार्टीलाई नीति, विधि र पद्धतिसंगत ढंगले अघि बढाएर मात्र उपलब्धिहरुलाई निरन्तरता दिन सकिन्छ। तर, पार्टीमा अराजकतावादी र नोकरशाही प्रवित बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने प्रवृत्ति बढ्न थाले भने उपलब्धिहरु नै गुम्ने खतरा हुन्छ,’ खनालले विज्ञप्तिमा भन्नु भएको छ ।

