ओली सरकारलाई विदा गर्नुको विकल्प छैनः बाबुराम

१० बैशाख २०७७, बुधबार १३:५१

काठमाडौं , मुलुक संकटमा रहेका बेला सरकारले अध्यादेश ल्याएपछि समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले रोष प्रकट गर्नु भएको छ ।
सरकारले सोमबार संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ ल्याएको थियो।

मुलुक कोरोनाको संकटमा गुज्रिएका बेला सरकारले गलत कदम चालेको भन्दै तीव्र आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट बिदा गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

ट्वीटरमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै भट्टराईले संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अब बिदा गर्नुको विकल्प नभएको बताउनु भएको हो ।