राम प्रसाद रिजाल, नेता नेकपा

विश्वलाई नै अहिले कोरोना भाईरस कोभिड १९ ले आतंंकित बनाएको छ । यसमा नेपाल पनि अछुतो छैन । कोरोना भाईरसबाट बच्न लगभग सबै जसो देशमा लकडाउनको अवस्था छ । कोरोना भाईरस सबै देशहरुमा चुनौतीको पहाड़ बनेर खड़ा भएको छ । सरकारले प्रभावकारी ढंगले काम गरिरहेको सन्दर्भमा पनि सोचे जस्तो ढंगले जनताले राहात पाउन सकिरहेका छैनन् । अहिले कोरोना भाईरस महामारीको नियंत्रण गर्न ३ वट्टै सरकारहरु स्थानीय, प्रदेश र केन्द्र सरकारलाई समन्वयात्मक ढंगले प्रयोग गरी अघि बढ्नू आवश्यक देखिन्छ ।
हाल भारत बाट अनाधिकृत रुपमा मान्छेहरू विभिन्न तरिकाबाट नेपाल पसिरहेकोले सरकारले कड़ा ढंग बाट सिमामा आवाजजावत नियन्त्रण गर्न २४ घण्टै सुरक्षाकर्मी परिचालन गर्नूपर्दछ । विपन्न वर्ग तथा मजदूरवर्ग लगडाउनको कारण निक्कै मारमा परेकोले सरकारले राहत वितरण प्रणाली लाई प्रभावकारी बनाउनु पर्ने देखिन्छ । सबै मुख्य दलहरुलाई समावेश गरेर कोरोना भाईरस महामारी लाई नियन्त्रण गर्नु उच्चस्तरीय राजनीतिक संयंत्र बनाउनु आवश्यक देखिन्छ । सरकार ले जनता को जीवनयापन लाई सहज बनाउने किसिमले आफ्नो राज्य संयंत्र लाई परिचालन गरेर सरकारले आफ्नो उपस्थित बलियो बनाउनु पर्ने देखिन्छ ।
विदेश मा बस्ने नेपाली लाई राहत तथा उपचार गराउन सरकार ले विदेश स्थित नेपाली दुतावासको सकृयतामा कुटनितिक पहल गरी उनीहरुको जीवन को सुरक्षा गर्नुपर्छ । सरकारले लगडाउनलाई कडाईको साथ पालना गराउनु पर्छ। हामी सबैले सामाजिक दुरी लाई कायम गर्न गराउन सक्नु नै कोरोना भाईरसको हालको अवस्थाको औषधि हो ।
