प्यूठानका १६ जना मजदूरलाई गुल्मीको धुर्कोट गाउँपालिकाले उद्दार गरेर घर पठायो

६ बैशाख २०७७, शनिबार १३:२८

गुल्मी , प्यूठानका १६ जना मजदूरलाई गुल्मीको धुर्कोट गाउँपालिकाले उद्दार गरेर घर पठाएको छ ।१३ जना मजदूर हिँड्दै घर जान भनेर गुल्मीको धुर्कोट पुगेका थिए ।

गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलका अनुसार ३ दिन हिँडेर शुक्रबार साँझ धुर्कोट पुगेका उनीहरुलाई खाना र बासको व्यवस्था गरिएको र शनिबार बिहानै जीपमार्फत घर पुर्याइएको छ । उद्धार गरिएका मजदूरमध्ये ३ जना प्युठान नगरपालिका वडा नम्बर ५ का र १३ जना वडा नम्बर ६ का रहेका छन् ।