
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार निमुखा जनताको पीडामाथिको दर्शक भएको बताउनु भएको छ । कोरोना रोकथामका लागि सरकारले लकडाउन गरेपछि रोजगारीका लागि अन्यत्र पुगेका निमुखा जनताको पिडामा सरकार दर्शक भएको बताउनु भएको हो । खान नपाएर दैनिक सयौँ किलोमिटर पैदल हिँडेर हजारौं मजदुर घर गइरहेको अवस्थामा सरकारले जनतामाथि खेलवाड गरेको आरोप पनि उहाँले लगाउनु भएको छ ।

