
अर्घाखाँची, अर्घाखाँचीको सन्धीखर्क– ५ स्थित नरपालीमा जुनियर रेडक्रस सर्कलको पहलमा हात धुने धाराको व्यवस्था गरिएको छ ।
कोरोना संक्रमणको जोखिम बढिरहेका बेला रेडक्रसको पहलमा हात धुने अस्थायी धाराको व्यवस्था गरिएको हो ।
धाराको व्यवस्थापन रेडक्रससहित स्थानीय युवाहरुले गर्नेछन् । धारामा हात धुने र खानेपानीको व्यवस्था गरिएको छ ।
