
काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार नयाँ वर्षको शुभकामना सन्देश दिनु भयो । उहाँले सन्देशमा घरमै बसेर लकडाउनको पूर्ण पालना गर्न आग्रह गर्नु भयो । उहाँ आफैं पनि लकडाउन घोषणा भएको दिनदेखि ललितपुरको खुमलटारस्थित घरमै बस्नु भएको छ ।
नयाँ वर्षको दिन छोरीज्वाइँसँगै बसेर प्रचण्डले मासु पकाइरहेको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा प्रचण्डले मासु चलाइरहनु भएको छ । आँगनमा दाउरा बालेर मासु पकाउने बेला छोरी गंगा र ज्वाइँ जीवन आचार्य साथमै हुनुहुन्छ । तस्बिर ( फेसबुकबाट)
