२०७७ सालको राशिफल

१ बैशाख २०७७, सोमबार १३:४०

मेषः चू,चे,चो,ला,लि,लू,ले,लो,अ मेष राशि भएका व्याक्तिहरुका लागी पुवाद्र्धको समय संघर्षमय भएपनि उत्तराद्र्ध र अन्तको समय फलदायी रहनेछ । साउन ०१ गतेसम्म र कार्तिक २८ गतेबाट चैत्र १५ गतेसम्म राज्यभावमा गोचर गरिरहेको कमजोर बृहस्पतिको प्रतिकुल प्रभावले प्रभावले विशेष गरि स्कुल,कलेज,कन्सल्टेन्सि,पर्यटन,होटल व्यावसाय,बैक तथा वित्तिय जस्ता क्षेत्रमा गरिएको लगानीमा मन्दि आउँने तथा घाटा लाग्नेछ । लामो दुरिको धार्मिक यात्रा स्थगित हुनेछ । माटोपन,जन्डिज,कोलस्ट्रोल,फोक्सो,उच्च रक्तचाप तथा कलेजो सँग सम्वन्धीत बिरामीहरुले विशेष ख्याल गर्नुहोला । तरपनि श्रावण २ गतेबाट कार्तिक २७ गतेसम्म बृहस्पतीको अनुकुल प्रभावले भाग्यले प्रेमपात्र जुराउनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो प्रेम सम्वन्ध विवाहमा परिणत हुनेछ ।

भाद्र २३ सम्म पराक्रम भावमा गोचर गर्ने राहुले आट,शाहस तथा पराक्रममा बृद्धि हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनीतिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागी यो वर्ष उत्तम रहनेछ । भाद्र २५ गतेबाट धनस्थानमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले भौतिक सम्पतीको प्रयोग गर्दा दुर्घटना नहोला भन्न सकिन्न । धन सम्पती फस्ने तथा कुटुम्वसँगको सम्वन्धमा दरार पैदा हुनेछ ।

वर्षभरिनै कर्म तथा भाग्यभावमा गोचर गर्ने शनिको अनुकुल प्रभावले समाजमा बिशिष्ट तथा उच्च पदाधिकारीसँग घनिष्ट सम्वन्ध बनाई राम्रा तथा परिणाममुखी काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । सरकारी नोकरीमा प्रवेश,पदोन्नती तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने लामो समय देखिको विवाद अन्य हुनेछ । कम्प्युटर पाट्स,इलेक्ट्रीक सामान,घर जग्गा,र्ईन्जिन,हार्डवयेर,फेक्ट्री,फार्मेसी तथा उत्पादन मुखी व्यावसाय विगत भन्दा फस्टाएर जानेछ ।

राशि स्वामी मंगल बैशाख २६ गतेसम्म राज्य भावमा रुचक योगको निर्माण भई केहि शुभ संकेतहरु प्रदान गर्न खोजेपनि शनि तथा बृहस्पतीसँग गोचर गर्ने हुनाले रोगको प्रकोप बढ्ने तथा अचानक दुर्घटनाको योग बन्नेछ । पौष १४ गतेबाट राशिमा बसेर पुनह रुचक योग बन्ने मंगलले समाजमा प्रतिष्ठित काम गरी नाम कमाउँन सकिनेछ । नोकरिमा प्रबेश पाई राज्यको उच्च पदमा आसिन रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ भने लिडरसिप क्षमतामा बृद्धि हुनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

आर्थिक दृष्टिले असार,असोज,माघ तथा फाल्गुन महिना मेष रासि हुँनेहरुका लागी शुभ रहनेछ । मेष राशि भएका व्याक्तिहरुले प्रत्यक मंगलाबार गणेष भगवानको पुजा तथा आराधना गरि गणेष भगवानलाई खुसी बनाउन सके कामहरु समयमा सम्पन्न हुनेछ । शनिको लागि बिश्नुको पूजा तथा पीपलमा जल चडाउनाले र बृहस्पतीको लागी बंगलामुखीको दर्शन गर्ने र राहु केतुको लागी बटुक भैरभको पुजा तथा दर्शन गर्ने र आफ्नो ईष्टदेवको पूजा गर्नाले लाभ मिल्नेछ ।

बृषः ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो बृष राशि भएका व्यक्तिहरुका लागि संघर्षमय पुर्वाद्धको समय पार गर्दै मध्य तथा उत्तराद्धको समय फलदायी रहनेछ । श्रावण २२ गतेबाट मंसिर ०१ गतेसम्म कष्ट भावमा गोचर गर्ने शनिको अढैयाको प्रभावले घर परिवारमा विषेश गरि पति पत्नी विच दुरि बढ्नेछ भने घरायसी कुरामा आफन्त विच शैद्धान्तिक विषयमा राय बाजिनेछ । कष्ट भावमा शनि र केतुको यूत्तिले भौतिक सम्पती हराउँने,सवारी साधनको प्रयोग तथा परिचालन गर्दा दुर्घटना हुने योग रहेकोछ । आर्थिक मन्दि तथा काममा ढिला शुश्तिको चपेटामा परिनेछ । समाजसेवा तथा राजनीति गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त गर्नेछन् । सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्ने व्याक्तिहरुबाट अनावस्यक झन्झट व्यहोर्नु पर्नेछ । आफन्तसँग मनमुटाव सिर्जना हुने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् ।

जन्म कुण्डलीमा शनि कमजोर हुँनेहरुले नसा सम्वन्धी समस्या तथा प्यारालाईसिस तथा ग्यास्ट्रिकको समस्या झेल्नु पर्नेछ । श्रावण २२ सम्म र मंसिर १ गते पछि भाग्य भावमा गोचर गर्ने शनिले केही शुभ संकेतहरु प्रदान गर्दै लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । ईन्जिन सम्वन्धी व्यावसाय फस्टाएर जानेछ भने फैक्ट्रि तथा उत्पादन मुखी व्यावसायबाट लाभ मिल्नेछ ।

भाद्र २४ सम्म धन भावमा गोचर गर्ने राहु र कष्ट भावमा गोचर गर्ने केतुले छिटो बोल्दा वा नसोचि कुनै पनि कुराको निर्णण गर्दा परिस्थिति बिग्रनेछ । कुटुम्ब तथा आफन्तसँग धन सम्पती तथा भूमि सम्वन्धी विवाद बढ्नेछ । रुपैया पैसा सापटी नदिनुहोला फर्केर आउँने सम्भावना कम रहेकोछ । भाद्र २५ बाट राशि भावमा गोचर गर्ने राहु र व्यापार भावमा गोचर गर्ने केतुले राजनीति तथा कुटनीतिको क्षेत्रमा विदेश यात्रा गर्नेहरुका लागि धन स्थानको राहुले प्रशस्त धन सम्पती दिनेछ । कर्म प्राप्तीको लागि विदेश यात्राको योग रहेकोछ ।

श्रावण ०१ गतेसम्म र कार्तिक २८ गतेबाट चैत्र १५ गतेसम्म कष्ट भावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले दिर्घकालिन रोगले सताउँन सक्छ ध्यान दिनुहोला ।मोटोपन,कोलस्ट्रल,कलेजोका बिरामीहरुलो बिशेष ख्याल गर्नुपर्नेछ । तापनि अष्टम भावमा स्वगृह बृहस्पतीको कारणले नसोचेको धन सम्पती प्राप्त हुने तथा लट्री,चिठ्ठा पर्ने प्रशस्त सम्भावना रहनेछ । तरपनि श्रावण ०१ गतेबाट कार्तिक २८ गतेसम्म भाग्यभावमा गोचर गर्ने बृहस्पतीले स्कुल,कलेज,मन्टेश्वरी,बैक तथा बित्तिय क्षेत्रमा थप लगानि गर्ने वातावरण बन्नेछ भने व्यापारमा सहभागि हुनेहरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । गीत संगित तथा मोडलिङको क्षेत्रमा समय लगानि गर्ने तथा कलाकारीताको भुमिकामा देखिनेहरुका लागी समयले साथ दिनेछ । आफुलाई मन परेको मानिससँग वा पति पत्नीका साथ रमाईलो यात्राको तय गर्न सकिनेछ भने माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्वन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्र तथा पढाई लेखाईबाट भनेजस्तो नतिजा निकाल्न सकिनेछ ।

राशि स्वामी शुक्र श्रावण १७ गतेसम्म राशि भावमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले घर जग्गा तथा सवारी साधन विलाशी वस्तु जोड्न सकिने भएपनि अन्य ग्रहको प्रतिकुल प्रभावले टरेर जानेछ । मंसिर ०१ गतेबाट २५ गतेसम्म प्रतिष्पर्धा भावमा स्वगृह भई गोचर गर्ने शुक्रले न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् भने प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

आर्थिक दृष्टिकोणले साउँन कार्तिक फाल्गुन तथा चैत्र महिना उत्कृष्ट रहेकोछ । प्रत्येक शुक्रबार ईन्द्रयणि देवीको दर्शन,पूजा आराधाना गर्नाले र शनिको अढैया तथा नकारात्मक प्रभावबाट बच्नको लागी बिश्नु भगवानको पुजा तथा आराधना गर्ने,पीपलमा हरेक शनिबार जल चडाउँने गर्दा लाभ मिल्नेछ ।

मिथुनः का,की,कू,घ,ङ,छ,के,को,हा मिथुन राशि हुनेहरुका लागि यो वर्ष मिश्रित फल प्राप्त हुनेछ । श्रावण ०१ गतेसम्म सम्म र कार्तिक २८ गतेबाट चैत्र १५ गतेसम्म कष्ट भावमा गोचर गर्ने बृहस्पतीको प्रतिकुल प्रभावले घर जग्गा,हाउजिङ तथा सवारी साधनको कारोबार तथा खरिद बिक्रीमा मन्दी आउँनेछ । स्वास्थ्य सम्वन्धी समस्या देखीन सक्छ ध्यान दिनुहोला । शेयर बजार तथा सट्टाको व्यावसायबाट सन्तोष जनक आम्दानि गर्न सकिनेछ । तरपनि श्रावण ०१ गतेबाट कार्तिक २७ सम्म व्यापार भावमा गोचर गर्ने बृहस्पतस्को अनुकुल प्रभाव देखनेछ । जसको कारण कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले राज्यबाट पद प्राप्त गर्न सक्नेछन् । नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नती हुँनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा निरन्तर लागी पर्ने बिद्यार्थी वा रिसर्च पर्सनका लागि समय फलदायी रहेकोले उत्कृष्ट नतिजाका साथ समाजमा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

श्रावण २१ गतेसम्म र मंसिर ०१ गते पछि अढैया शनिको प्रभावले कुनै पनि मुद्दा मामिला तथा बिवादमा सहभागी भए हारिने सम्भावना रहेकोछ भने न्यायिक निकायबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउन सक्छ । साझेदारी व्यावसायमा साझेदारहरु बिचनै शैद्धान्तिक राय बाजिनेछ भने भौतिक सम्पतिको छिनोफानो गर्न अदालतको सहारा लिनु पर्नेछ । जण्डिज,सुगर,मोटोपन, उक्त रक्तचाप,पथ्थरी तथा मृर्गौला जस्ता रोगबाट पिडित हुनेहरुले आफ्नो स्वास्थ्यको बिशेष ख्याल गर्नुहोला । प्रेम सम्बन्धमा चिसोपनको विकास हुनेछ भने जीवन साथीसँग मनमुटाव सिर्जना हुनेछ । लामो दुरीको कष्टकर यात्रा हुन सक्छ ध्यान दिनुहोला ।

भाद्र २४ सम्म राशिमा र भाद्र २४ पछि खर्चभावमा गोचर गर्ने राहु र भाद्र २४ सम्म व्यापार भावमा र भाद्र २४ पछि प्रतिष्पर्धा भावमा गोचर गर्ने केतुले खर्चको तुलनामा आम्दानी कमजोर रहने हुनाले व्यावासायमा थप लगानी गर्ने वातावरण टरेर जानेछ । भौतिक सम्पती तथा स्रोत साधनको प्रयोग गर्न नजान्दा दुर्घटना नहोला भन्न सकिन्न । तरपनि अध्ययन,कुटनीति तथा कामको शिलशिलामा विदेश यात्रा हुने सम्भावन रहेकोछ ।

रासि स्वामि बुध जेष्ठ १२ गतेबाट श्रावण १४ गतेसम्म लग्नमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र १६ गतेबाट असोज ०४ गतेसम्म चौथो भावमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

प्रतिकुल समयमा शनिको मन्त्रजप तथा भटुक भैरव तथा माता बंगालामुखीको भक्तिभावका साथ पूजा तथा आराथना गर्नाले लाभ मिल्नछ । आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,मंसिर र चैत्र महिना उत्कृष्ट रहनेछ ।

कर्कटः ही,हू,हे,हो,डा,डी,डु,डे,डो कर्कट राशि हुनेहरुका लागी यो वर्ष बिभिन्न संर्घर्षमय समय रहनेछ । वर्षभरि नै ऋण भावमा र व्यापार भावमा गोचर गर्ने कमजोर बृहस्पतीको प्रभावले बिद्यार्थिहरुले पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सक्ने छैनन् । शेयर बजार,अध्ययन अध्यापन,बैक तथा बित्तिय क्षेत्रमा समय खर्चिनेहरुले सन्तोष जनक प्रगति गर्न सक्नेछन् । तरपनि माया प्रेमका कोपिलाहरु फक्रिनेछन् भने सुयोग्य बर बधुको लगन गाठो बाधिनेछ । वंश बृद्धिको गतिलो योग रहेकोछ । कृषि तथा चौपाया व्यावसायमा लगानि बढाई प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको गतिलो समर्थन प्राप्त गर्नेछन् ।

श्रावण २१ गतेसम्म र मंसिर ०१ गतेपछि व्यापार भावमा शनिले शश नामको पञ्चमाहापुरुषको योग निर्माण गर्ने हुनाले उत्पादन मुखी व्यावसाय फस्टाएर जानेछ । सवारी साधन,फलाम तथा हार्डवयेरसँग सम्वन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तरपनि पारिवारिक माहोल बिग्रने तथा पति पत्नी विच सामान्य मनमुटाव सिर्जना हुनेछ । श्रावण २१ बाट मंसिर ०१ गतेसम्म शनिको अनुकुल प्रभावको कारण सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रही काम गर्नेहरुले आफ्नो कामदेखि सन्तुष्टि हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् । ठेक्का पट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागि यो वर्ष फलदायी रहनेछ । सामाजिक मर्यादा तथा नीति निययको पालन गरी काम गर्ने अवसर प्राप्त हुनेछ भने राज्यबाट पद प्राप्तीको गतिलो योग रहेकोछ । मामा तथा मावली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ ।

भाद्र २४ गतेसम्म विदेश भावमा र भाद्र २४ पछि आए भावमा गोचर गर्ने राहु र भाद्र २४ सम्म छैटौ भावमा र भाद्र २४ पछि बिद्या भावमा गोचर गर्ने केतुले अध्ययन तथा कामको शिलशिलामा लामो दुरिको यात्रा गर्दा ध्यान दिनुहोला तरपनि स्वदेशमै बसेर एनजिओ,आईएनजिओ,विदेशी लगानिबाट स्ञ्चालित सस्था, कन्सल्टेन्सि र मेनपावर व्यावसायमा समय लगानि गर्नेहरुका लागी समय मध्ययम स्तरको रहेकोछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले बैसाख,जेष्ठ,असोज, मंसिर महिना राम्रो रहेकोछ । बंगलामुखी देवीको पूजा तथा आराधना तथा शनिबार बिश्नुको पूजा तथा पिपलमा जल चडाउँदा लाभ मिल्नेछ भने राहु तथा केतुको नकारात्मक प्रभावबाट बच्नको लागि बटुक भैरबको पूजा तथा आराधाना गर्दा लाभ मिल्नेछ ।

सिहंः मा,मी,मू,मे,मो,टा,टी,टू,टे सिंह राशि भएका हरुका यो वर्ष मध्ययम रहेकोछ । श्रावण ०१ गतेसम्म र कार्तिक २८ गतेबाट चैत्र १५ गतेसम्म बृहस्पतीको प्रतिकुल प्रभावले शेयर बजार,स्कुल,कलेज,सहकारी,इन्सुरेन्स,बैङक तथा बित्तिय क्षेत्र सँग सम्वन्धीत व्यावसायमा समय खर्चने हरुका लागी समय मध्ययम रहेकोछ । तरपनि श्रावण ०१ गतेबाट कार्तिक २८ गतेसम्म बृहस्पतीको अनुकुल रहने हुनाले घर जग्गा तथा भौतिक सम्पती जोड्न सकिनेछ । पैत्रिक सम्पती आफ्नो नाममा आउँने योग रहेकोछ । बौद्धिक क्षेत्रमा सामेल भई आफ्नो तार्किक भनाई प्रश्तुत गर्ने अवसर जुर्नेछ । नाँफामुखि व्यावसाय भन्दा सेवामुखि व्यावसाय फस्टाएर जानेछ भने प्र्रयत्न गर्दा राजनीति तथा समाजसेवामा जनताको मन जित्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । प्रेम सम्बन्धहरुलाई बिवाह मार्फत घर गृहस्थीमा सुचारु गर्न सकिनेछ । बंश बृद्धिको गतिलो योग रहेकोछ भने घर परिवारमा मांगलिक कामहरु हुनेछन् ।

वर्ष भरिनै आए भावमा र कर्म भावमा गोचर गर्ने राहु र बिद्या भावमा र शुख भावमा गोचर गर्ने केतुले प्राकृतिक स्रोत तथा पैत्रिक सम्पतीको परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ । नयाँ काम पाउँने,पदोन्नती हुँने तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेकोछ । कुटनीति तथा राजनीति क्षेत्रमा समय लगानी गर्नेहरुका लागी समयले साथ दिने हुदा राज्यबाट पद पाउँने,नाम तथा दाम दुवै कमाउने ग्रहयोग रहेकोछ ।

श्रावण २१ गतेबाट मंसिर ०१ गतेसम्म ९बिद्या, बुद्धि, सन्तान० भावमा गोचर गर्ने शनिले मानशिक अश्थिरता बढ्नेछ भने योजनाहरु कार्यान्वयनको चरणमा लैजान मुस्किल पर्नेछ । नसा तथा ग्याट्रिक सम्बन्धि समस्याले सताउनेछ । मुद्दा ममिला तथा न्यायिक क्षेत्रसँग सम्वन्धीत काम गर्दा ध्यान दिनुहोला । अदालती निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । श्रावण २१ गतेसम्म मंसिर ०१ गते पछि शनिको अनुकुल प्रभावले ऋण,रोग तथा सत्रुलाई पन्छाउँदै एक कदम अगाडी बढ्न सकिनेछ । राशि स्वामी सूर्य माघ महिना भरि शनि सँग छैटौ भावमा गोचर गर्ने हुनाले बुवाको स्वास्थमा समस्या आउँन सक्छ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

शनिदेवलाई खुसि पार्नको लागी बिष्नुको पूजा तथा आराधना, पीपलमा जल चडाउँने,राहु तथा केतुको लागि भैरबको दर्शन तथा आराधना गर्नुपर्दछ । आर्थिक दृष्टिकोणले जेष्ठ,असार,भाद्र,कार्तिक र माघ महिना राम्रो रहेकोछ ।

कन्याः टो,पा,पी,पु,ष,ण,ठ,पे,पो कन्या राशि हुनेहरुका लागी पुर्वाद्ध तथा उत्तराद्र्धको समय राम्रो रहेपनि मध्यको समय संघर्षका बावजुत उपलव्धी हासिल गर्न सकिनेछ । श्रावण ०१ गतेसम्म र कार्तिक २८ गतेबाट चैत्र १५ गतेसम्म बृहस्पतीको अनुकुल प्रभाव रहेपनि शेयर बजार,स्कुल,कलेज,सहकारी,इन्सुरेन्स,बैङक तथा बित्तिय क्षेत्र सँग सम्बन्धित काम गर्नेहरुका लागी समय मध्ययम रहेकोछ । श्रावण ०१ गतेबाट कार्तिक २८ गतेसम्म सुख भावमा गोचर गर्ने बृहस्पतीले लेखन,कलासाहित्य तथा सबै खाले प्राबिधिक पेशामा कन्या राशि भएका ब्याक्तिहरुले आफुलाई स्थापित गर्दछन् । कम्यूनिकेशन,अफिसर, वलिक, राजनितिक सल्लाहकार, पेशा ब्याबसायमा उल्लेख्य सफलता प्राप्त गर्न सकिनेछ ।

भाद्र २४ गतेसम्म कर्मभावमा गोचर गर्ने राहु,सुख भावमा गोचर गर्ने केतु र श्रावण २२ गतेबाट मंसिर ०१ गतेसम्म शनिको अढैया दशाको प्रभावले सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । आम्दानीमा कमी हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनाबस्यक दुख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउँने तथा औषधी उपचार खर्च बढ्नेछ । राजनीति तथा कुटनीतिकको क्षेत्रमा समय लगानी गर्नेहरुले जनताको समर्थन पाउँन कडा मेहनेत गर्नु पर्नेछ । जन्मथलो छोडेर लामो दुरीको कष्टकर यात्रा नहोला भन्न सकिन्न । तरपनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुँनेछ ।

भाद्र २४ पछि भाग्यभावमा राहु र पराक्रम भावमा गोचर गर्ने कतुले यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ ।

रासि स्वामी बुध जेष्ठ १२ गतेबाट श्रावण १४ गतेसम्म राज्य भावमा स्वगृह भएर भद्र योगको निर्माण र भाद्र १६ गतेबाट असोज ०४ गतेसम्म राशिमा प्रबेस गरि पुनह भद्र योग र बुधआदित्य योगको निर्माण गर्ने हुनाले घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ भने राजनीति तथा सामाजिक कामबाट पद तथा प्रतिष्ठा पाईने योग रहेकोछ । कन्फिडेन्ट पावरमा बृद्धि हुनेछ भने थोरै बोलेर धेरै कामहरु गर्न सकिनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा प्रभाव पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

जन्मकुण्डलीमा शनि र राहु कमजोर हुनेहरूले काली र वटुकभैरवको पूजा गरी विधिपूर्वक शान्ति गर्दा दिनहरु फलदायि रहनेछन् । आर्थिक दृष्टिकोणले असार,साउँन,मंसिर तथा फाल्गुन राम्रो रहनेछ ।

तुलाः रा,री,रु,रे,रो,ता,ती,तू,ते यो वर्ष तुला राशि हुने हरुका लागि संघर्षका बावजुत उपलव्धी हासिल हुनेछ । श्रावण २१ गतेसम्म र मंसिर ०१ गतेबाट वर्षभरि नै शनिको अढैया दशाको प्रभावले सत्रु बढ्ने तथा रोग लाग्ने समय रहेकोछ । यात्राका सवालमा केहि कष्ट बेहोर्नु पर्नेछ भने स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । आम्दानीमा कमि हुने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । राज्यबाट सेवा प्रभाह गर्नेहरुले अनावस्यक दुःख दिनेछन् भने राज्यको मेकानिजम भित्र बसेर काम गर्दै हुनुहुन्छ धने आर्थिक अपचलनको मुद्धा लाग्न सक्छ ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आउँने तथा औषधि उपचार खर्च बढ्नेछ । जन्मथलो छोडेर लामो दुरिको कष्टकर यात्रा नहोला भन्न सकिन्न । तर जन्म कुण्डलिमा शनि उच्च,स्वागृह तथा ३,६ ११ भावमा भए शनिको अढैयाबाट राम्रो फल प्राप्त हुँनेछ ।

भाद्र २४ सम्म भाग्य भावमा गोचर गर्ने राहु र पराक्रम भावमा गोचर गर्ने केतुले राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । सांगठनिक विस्तार तथा प्रशिक्षण कार्यक्रमकै सवालमा लामो यात्रा हुनेछ । कुटनीतिको कारक राहु स्वयम् भाग्य भावमा गोचर गर्ने हुनाले राजदुत तथा परराष्ट्र जस्ता क्षेत्रमा पद पाईने तथा स्थानान्तरण हुनेछ । पशुपालन तथा कृषि व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । त्यस्तै पराक्रम भावमा गोचर गर्ने केतुले ढुङगा माटो वा कन्ट्रक्सनको क्षत्रेमा समय लगानि गर्नेहरुका लागी अकस्मात धन तथा भौतिक सम्पती प्राप्त हुनेछ । किर्तिमानि काम गरि प्रशिद्धि कमाउँन सकिनेछ भने मान सम्मान ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । तरपनि भाद्र २४ पछि कष्ट भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले धन सम्पतिको हानि हुनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

वर्षभरिनै बृहस्पतीको प्रतिकुल प्रभावले रहनेछ । स्कुल,कलेज तथा बित्तिय क्षेत्रमा गरिएको लगानीमा मन्दि आउँनेछ । तरपनि प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने विवाह गरि घरजम गर्न सकिनेछ । मोटोपन,कोलस्ट्रोल,जन्डिज,फोक्सो तथा मुटु रोगीहरुले आफ्नो स्वास्थ्यको ध्यान दिनुहोला ।

राशि स्वामि शुक्र आश्विन १६ गतेबाट कार्तिक १० गतेसम्म राशिमा स्वगृह भई मालव्य योगको निर्माण गर्ने शुक्रले भौतिक सम्पती तथा विलाशि वस्तुको प्रयोग तथा परिचालन गरि आर्थिक अवस्था मजभुत पार्न सकिनेछ । घर जग्गा तथा सवारी साधन जोडिनेछ भने घर परिवारमा शुभ तथ मांगलिक कार्य हुनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा प्रभाव पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

आर्थिक दृष्टिकोणले साउँन,भाद्र,पौस तथा चैत्र अनुकुल रहेकोछ । प्रतिकुल समयमा देवी तथा बंगलामुखिको दर्शन, पुजा तथा आराधना, तथा बृहस्पतीको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ ।

बृश्चिकः तो,ना,नी,नू,ने,नो,या,यी,यू बृश्चिक राशि हुनेहरुका लागि यो वर्ष राम्रो फल प्राप्त हुनेछ । श्रावण ०१ गतेबाट कार्तिक २७ गतेसम्म धन भावमा गोचर गर्ने बृहस्पतीले धन सम्पतिमा बृद्धि हुँनेछ भने प्रशस्त रुपैया पैसा संग्रह गर्न सकिनेछ । निर्णायक तहमा बसेर गरिने निर्णयहरु समाज तथा जनताको पक्षमा हुँनेछन् भने राज्यबाट लाभ मिल्ने समय रहेकोछ । बोलिको प्रभाव बढ्नेछ भने थोरै बोलेर धेरै लाभ लिन सकिनेछ । बिद्यार्थीहरुका लागि समयले साथ दिने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने अध्ययनकै शवालमा देश विदेशको यात्रा हुनेछ । बृहस्पतिको प्रभावले स्कुल,कलेज,फार्मेसी,अस्पताल,बैक तथा बित्तिय जस्ता क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन तथा भौतिक सम्पति जोड्ने योग रहकोछ । जल तत्व रासि भएको हुँनाले पानि सँग सम्बन्धित कामहरु जस्तै माछापालन, हाँसपालन, हाईड्रो ईन्जिनियर, पौडिबाज जस्त क्षेत्रमा बिषेश चासो रहनेछ । त्यस्तै कबि, दार्शनिक, लेखक, समालोचक,बिचारक तथा गुप्तचर जस्ता क्षेत्रमा सफलता हात पार्न सकिनेछ । आयात, अनुशन्धान,केमिकल,रिसर्च, एक्सप्लोरिङ, जीवबिज्ञान जस्ता क्षेत्रमा काम गरि मनग्गे धन आर्जन गर्न सकिनेछ ।

श्रावण २१ सम्म र मंसिर ०१ गतेपछि वर्षभरिनै पराक्रम भावमा गोचर गर्ने शनि भौतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा, ठेक्कापट्टा,गाडी तथा इञ्जिन सम्वन्धीत कामबाट आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । विदेशी भाषा तथा बिदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागि समय उत्तम रहेकोछ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुँनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ ।

श्रावण २१ बाट मंसिर ०१ गतेसम्म शनिको अन्त्य शाढेशाति दशाको प्रभाव रहनेछ । झुटा आरोप लाग्ने तथा मान सम्मानमा कमिको महशुुस हुँनेछ भने आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा दुरि बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ । तरपनि जन्मकुण्डलिमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा भए शुभ फल पाइेनेछ ।
राशि स्वामी मंगल साउन २५ गतेबाट असोज ९ गतसम्म राज्यभावमा गोचर गर्ने हुनाले राज्यको सुरक्षा निकाएमा नोकरी पाउँने तथा पदोन्नतीको गतिलो योग रहेकोछ । पौष ११ गतेबाट राशिमा प्रवेश गरि माघ २७ गतेसम्म मंगलले रुचक योगको निर्माण गर्ने हुनाले आट,शाहस तथा पराक्रममा बृद्धि भएर जानेछ । घर जग्गा जोड्ने तथा हार्डवयेर,फलामको व्यावसाय फस्टाएर जानेछ । चैत्र १३ गतेबाट पराक्रम भावमा गोचर गर्ने उच्च मंगलको प्रभावले छोटो तथा लामो दुरिको यात्रा हुनेछ । पढाईका अलावा अतिरिक्त क्रिर्याकलापमा भाग लिई मनग्गे लाभ लिन सकिनेछ ।

भाद्र २४ सम्म कष्ट भावमा गोचर गर्ने राहु र धन भावमा गोचर गर्ने केतुले अकस्मात आर्थिक अवस्था बलियो भए पनि भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अचानक दुर्घटना,चोटपटक तथा रोगले सताउनेछ । भाद्र २४ पछि व्यापार भावमा गोचर गर्ने राहु र राशिमा गोचर गर्ने केतुले साझेदारी व्यावसायमा मनमुटाव हुने तथा पारिवारिक सम्वन्धमा अविश्वास पैदा हुनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा प्रभाव पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

आर्थिक दृष्टिकोणले बैसाख,भाद्र,असोज,माघ महिना अनुकुल रहेकोछ । बंगालामुखीको पूजा तथा आराधना तथा शनिलाई खुसि पार्नको लागि बिश्नुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ ।

धनुः ये,यो,भा,भी,भू,ध,फा,ढा,भे धनु राशि भएका व्याक्तिहरुलाई पुर्वाद्धको समय संघर्षमय भएपनि मध्य तथा उत्तराद्धको उत्साहजनक रहनेछ । वर्ष भरि नै धन भावमा र राशिमा गोचन गर्ने बृहस्पतिको प्रभावले सामाजिक पद प्रतिष्ठा प्राप्त हुँनेछ भने सामाजिक काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । सरकारि तथा प्रसाशनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त आम्दानि गर्न सकिनेछ । स्कुल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्रशासन, शिक्षण, मेडिकल,केमिकल्स,उद्योग,भुउपग्रह, पत्रकारिता, होटल म्यानेज्मेन्ट,भाषा अनुबादक, कम्प्युटर सफ्टवेयर,हार्डवेयर तथा राज्यमा मन्त्रि जस्ता पदमा रहि राम्रो काम गर्ने अवसर प्राप्त हुनेछ । बिद्यार्थिवर्गहरुले बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्र्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । माया प्रेम गर्ने जोडिहरुले आफ्नो सम्वन्धलाई विवाहमा परिणत गर्न सक्नेछन् । धार्मिक यात्रा हुनेछ भने परोपकार जन्य काममा सहभागि भईनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत प्रसस्त रुपैया पैसा कमाउँन सकिनेछ भने उपाहार तथा चिठ्ठा प्राप्तिको योग रहेकोछ । ईच्छित चाहना तथा मनोकामनाहरु पुरा हुँनेछन् ।

वर्षभरिनै शनिको मध्य तथा अन्त्य साडेसातिको प्रभाव रहनेछ । जन्म कुण्डलिमा शनि कमजोर हुँनेहरुलाई बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुँने तथा शरिर कमजोर हुँने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३ ६ ११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाम मुखि फल दिनेछ ।

भाद्र्र २४ सम्म सप्तम भावमा गोचर गर्ने राहु र राशिमा गोचर गर्ने केतुले अचानक व्यापार व्यावसायमा बृद्धि हुनेछ । साझदारी व्यावसायमा समय लगानी गर्नेहरुले मनग्गे धन सम्पति जोड्ने समय रहेकोछ । भाद्र २४ पछि प्रतिष्पर्धा भावमा गोचर गर्ने राहु र विदेश भावमा गोचर गर्ने केतुले प्रतिष्पर्धीहरुलाई उछिन्दै अग्रगामी कदम चाल्न सकिने भएपनि दिर्घकालिन रोगले सताउँनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा प्रभाव पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

साढेसातिको प्रभाव हुनेहरुले महांकाल तथा काली भगवतिको आराधना गरी प्रत्येक शनिबार पीपलमा पानि चडाउँदा फाईदा हुँनेछ । बृहस्पतीको लागी माता बंगालामुखीको पूजा तथा आराधना गर्नाले शुभफल प्राप्त हुनेछ र जन्म कुण्डलीमा राहु तथा केतु कमजोर हुनेहरुले वटुक भैरव र छिन्नमस्ताको उपसना गर्नुहोला । आर्थिक दृष्टिकोणले जेष्ठ,असोज,कार्तिक तथा फाल्गुन महिना राम्रो रहेकोछ ।

मकरः भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी मकर राशि हुने हरुका लागि पूर्वाद्ध तथा उत्तराद्धको समय मध्ययम रहेपनि मध्यकालको समय शुभ रहनेछ । वर्षभरिनै बृहस्पतीको प्रतिकुल प्रभावले स्कुल,कलेज,कन्सल्टेन्सि, ट्राभलजेस्सि,तरल पदार्थ,हाईड्रोपावर,प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले व्यापारमा मन्दि तथा घाटा लाग्नेछ । न्याय, ईन्जिनियरिङ, ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउँने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रका प्रगति हुनेछ । माया प्रेमको सम्वन्ध विवाहमा परिणत हुनेछ भने जीवन साथिको सहयोगले विषेश काम गर्ने अवसर प्राप्त हुनेछ । तरपनि विशेष गरि मोटोपन कोल्डस्टोर,कलेजो,जण्डिज तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला ।

भाद्र २४ सम्म छैटौ घरमा गोचर गर्ने राहु र खर्च भावमा गोचर गर्ने केतुले अकस्मात धन तथा सम्पतीमा बृद्धि हुनेछ । खर्च बढाए पनि उपलव्धी मुलक कामहरु हुनेछन् । भाद्र २४ पछि बिद्या भावमा गोचर गर्ने राहु र एकादश भावमा गोचर गर्ने केतुले स्वदेशमा उत्पादित सामानहरुको व्यापार व्यावसाय बिदेशमा निर्यात बढ्नेछ भने व्यापार बिश्तारकै शिलशिलामा लामो दुरिको समुन्द्रपारको यात्रा हुनेछ । छोटो समयमा आर्थिक उन्नति गरि जीवन स्थर उकास्न सकिनेछ । तरपनि मानशिक अश्थिरता बढ्ने योग रहेकोछ ।

वर्षभरिनै शनिको साढेशाति दशाको प्रभावले स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्नेछ भने घरमा आफन्त तथा अग्रजहरु सँग विवाद बढ्नेछ । सामाजिक काम समयमा सम्पन्न नभई मान सम्मानमा दाग लाग्नेछ । न्यायिक निर्णहरु तपाईको पक्षमा नहुन सक्छन् । तर पनि जन्म कुण्डलीमा शनि उच्च,स्वगृह,मित्रगृह तथा कुण्डलीमा ३, ६ ११ भावमा भए शुभ फल प्राप्त हुनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा प्रभाव पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

शनिको नकरात्मक प्रभावबाट बच्नको लागि महांकाल तथा कालि भगवतिको पूजा आराधना गरि पीपलमा जल चडाउँदा फाईदा हुँनेछ । वर्षभरि राहु तथा केतुको मन्त्रजप तथा बटुक भैरवको दर्शन गर्दा लाभ मिल्नेछ । आर्थिक दृष्टिकोणले असार,कार्तिक,मंसिर तथा चैत्र महिना लाभदायक रहेकोछ ।

कुम्भः गू,गे,गो,सा,सी,सू,से,सो,दा कुम्भ राशि हुनेहरुका यो वर्ष संघर्षशिल समय रहेकोछ । श्रावण २१ गतेसम्म र मंसिर ०१ पछि शनिको आद्य साढेशातिको प्रभाव रहनेछ । साढेशातिको प्रभावले भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति,समाजसेवा,ठेक्कापट्टा जस्ता क्षेत्रमा मन्दि आउँनेछ । विदेशी भाषा तथा विदेशी सस्कार सस्कृतिको अनुशरण गर्नेशरुका लागि समयले साथ दिने छैन । बिभिन्न समस्या आईपर्ने,झुटा आरोप लाग्ने,समयमा काम सम्पन्न नहुने तथा शरिर कमजोर हुने समस्या आईपर्नेछ । दाम्पत्य जीवनमा सामान्य मतभेद रहनेछ । तरपनि श्रावण २१ गतेबाट मंसिर ०१ सम्म शनिको अनुकुल प्रभाव रहनेछ । जसको प्रभावले बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमी तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । जन्म कुण्डलीमा शनि स्वगृह,उच्च,मित्रगृह तथा कुण्डलीमा ३,६,११ भावमा हुनेहरुका लागि भने शनिले राम्रा तथा परिणाम मुखि फल दिनेछ ।

भाद्र २४ सम्म पञ्चम भावमा गोचर गर्ने राहु र आएभावमा गोचर गर्ने केतुले धन तथा सम्पतीमा अचानक बृद्धि हुनेछ । शेयर बजार, लट्रि तथा सट्टाको कारोबार एक्काशी बढ्नेछ । भाग्य तथा आएमा बृद्धि भई आर्थिक अवस्था मजभुत रहनेछ । तरपनि सन्तान तथा छोराछोरीसँग केहि मतभेद रहनेछ । भाद्रा २४ पछि सुख भावमा गोचर गर्ने राहु र राज्य भावमा गोचर गर्ने केतुले बसाई सराई तथा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । आफन्त तथा परिवारजनसँग मतभेद रहनेछ । नेता तथा कर्मचारीहरुलाई राज्यबाट आर्थिक अपचलनको मुद्दा लाग्न सक्छ ध्यान दिनुहोला ।

श्रावण ०१ गतेसम्म र कार्तिक २७ पछि बृहस्पती खर्च भावमा जाने हुनाले नोकरीमा आफ्नो कार्य क्षमता देखाउन नसक्दा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या देखिने हुदा उपचार खर्च बढेर जानेछ भने आखामा समस्या आउनेछ । बिशेष गरी कोल्डस्टोर,कलेजो,जण्डिज तथा सुगर रोग भएकाहरुले सचेत रहनु होला । तरपनि श्रावण ०१ गतेबाट कार्तिक २७ सम्म आए भावमा गोचर गर्ने बृहस्पतीको अनुकुल प्रभाव रहनेछ,जसको कारण नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेकोछ । सञ्चार,कम्प्युटर, बिज्ञान तथा प्रबिधि,रिसर्च, ज्योतिष,लेखन, साहित्य,कला, दर्शन,धर्म प्रचार, अन्तरिक्ष बिज्ञान, भुउपग्रह,भौतिक बिज्ञान, मिडिया तथा राजनितिमा लागेर सफलता प्राप्त गर्न सकिनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा प्रभाव पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

आर्थिक दृष्टिकोणले बैसाख साउँन मंसिर,पौस महिना उत्कृष्ट रहेको छ । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखीको पूजा तथा आराधना तथा राहु केतुको लागि बटुक भैरवको दर्शन तथा मन्त्र जप गर्नाले लाभ मिल्नेछ ।

मीनः दी,दू,थ,झ,ञ,दे,दो,चा,ची यो वर्ष मिन राशि हुनेहरुका लागि उल्लाशमय समय रहनेछ रहनेछ । वर्षभरिनै राज्य भावमा र आएभावमा गोचर गर्ने बृहस्पतिले राजनीति तथा कुटनितिको क्षेत्रमा लामो समय देखि काम गर्नेहरुले राज्यबाट कार्यकारि पद प्राप्तीको योग रहेकोछ । नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको ग्रहयोग रहेकोछ । ईन्जिनियरिङ,,दूध तथा दूग्ध पदार्थ, गोताखोर, बैज्ञानिक शोध, लेखन, साहित्य,कबिता, दर्शन ,कला तथा साहित्य, मनोरञ्जन, हास्य बिधा,अध्ययन अध्यापन, योग ध्यान,अध्यात्म जस्ता क्षेत्रमा यो वर्ष राम्रो रहेकोछ । प्रेम सम्बन्धहरु विवाह बन्धनमा बाधिने गतिलो योग रहेकोछ ।

स्कुल,कलेज,कन्सल्टेन्सि,फार्मेर्सी,अस्पताल,ट्राभलजेस्सि,तरल पदार्थ,हाईड्रोपावर,अनलाईन व्यापार,प्राकृतिक स्रोत साधनको व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउँन सक्नेछन् भने लगानी बढाउँने अवसर जुट्नेछ । न्याय, ईन्जिनियरिङ, ब्याबस्थापन,मार्केटिङ, बिमा, एकाउन्ट,बैक तथा बित्तिय सस्था जस्ता क्षेत्रमा चाडै सफलता प्राप्त हुनेछ । डाईरेक्टर, संचालक, म्यानेजर,अध्यक्ष वा चिफ एक्जिक्युटिभ अफिसर जस्ता पद पाउँने योग रहेकोछ ।

वर्षभरिने शनिका अनुकुल प्रभाव रहनेछ । राज्यसँग नजिक भई गरिने कामहरु जस्तै राजनीति, समाजसेवा,ठेक्कापट्टा तथा कन्ट्रक्सनको क्षेत्रमा समय दिनेहरुका लागी यो वर्ष फलदायी रहनेछ । बहुमुल्य धातु तथा सवारी साधन जोड्न सकिनेछ । भूमि तथा खनिज पदार्थको व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ । दाजुभाई तथा बन्धुबान्धबबाट भरपुर सहयोग पाईने तथा स्त्रि बर्गबाट सहयोग पाईनेछ । सत्रु परास्त हुँनेछन् भने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । कानुनको व्याख्याता तथा कानुनको क्षेत्रमा रहि काम गर्नेहरुले आफ्नो कामदेखी सन्तुष्टी हुने तथा प्रशस्त धन आर्जन गर्नेछन् ।

भाद्र २४ सम्म सुख भावमा बसाई सराई तथा मातृभूमि छोडी अन्य स्थानमा स्थानान्तरण हुने योग रहेकोछ भने जागिर तथा व्यावसायमा अली बढी चनाखो भएर काम गर्नु पर्नेछ । घर जग्गा तथा सवारी साधनमा विवाद आउँने योग रहेकोछ । भाद्र २४ पछी पराक्रम भावमा गोचर गर्ने राहु र भाग्य भावमा गोचर गर्ने केतुले तेस्रो भावमा वर्षभरि नै गोचर गर्ने राहुले आट,शाहस तथा पराक्रममा बृद्धि गर्नेछ भने खेलकुद तथा पराक्रमि क्रियाकलापमामा सहभागि भई देश बिदेशको यात्रामा निश्कन सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानि गर्नेहरुले कुटनितिक क्षेत्रमा प्रगति गर्ने तथा लामो दुरिको अफिशियल यात्रा हुनेछ । पढाई लेखाईकै सवालमा दक्षिण तथा पच्चिमी मुलुकको यात्रा गर्न सकिनेछ । लेखन कला शाहित्यको क्षेत्रमा कलम चलाउनेहरुका लागि यो वर्ष उत्तम रहनेछ ।

तरपनि विश्वमा माहामारीको रुपमा फैलिरहेको कोभिड १९ अर्थात नोबेल कोरोना भाईरसको प्रभाव सबै क्षेत्र तथा सबै उमेर समुहका व्याक्तिहरुमा प्रभाव पर्ने भएकोले माथि लेखिएको शुभ फलहरुमा केहि कमि आउँनेछ ।

आर्थिक दृष्टिकोणले जेष्ठ,भाद्र,पौस र माघ महिना उत्कृष्ट रहेका छन् । बिधिपुर्वक बृहस्पतीको लागी माता बंगलामुखिको पूजा,आराधन तथा दर्शन र शनिको लागि मंहाकाल मन्दिरको दर्शन तथा मन्त्रजप र पीपलमा जल चडाउँनाले लाभ मिल्नेछ ।

ज्योतिषी दुर्गा भण्डारी ।
फोन न। ९८५११७८४५९