अग्रवाललाई छुटाउन भूमिका खेलेको भन्ने समाचार प्रति राज्य मन्त्री दुगडको गम्भीर ध्यानाकर्षण

२८ चैत्र २०७६, शुक्रबार १६:१७

काठमाडौं , कालोवजारीको आरोपमा पक्राउ परेका सुलभ अग्रवाललाई छुटाउन भूमिका खेलेको भन्ने बिभिन्न सञ्चारमाध्यममा आएका समाचार प्रति उद्योग , बाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोती लाल दुगडको गम्भीर ध्यानाकर्षण भएको छ ।

बिभिन्न सञ्चार माध्यममा आए जस्तो सुलभ अग्रवाललाई कानुनी कारवाहीबाट जोगाउन कुनै किसिमको भूमिका निर्वाह नगरेको कुरा एक प्रेस बिज्ञप्ति मार्फत मन्त्री दुगडले प्रस्ट पार्नु भएको हो ।

जुन सुकै अवस्था , पहुँचमा भएको ब्यक्ति वा निकाय होस् यदि यस्तो मानवीय संकटको समयमा कसैले कुनै प्रकारको गैरकानुनी काम कारवाही गरेमा त्यसलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाही हुनु पर्छ भन्र्ने मन्त्री दुगडले बिज्ञप्तिमा उल्लेख गर्नु भएको छ । सुलभ अग्रवाललाई छुटाउने उदेश्यले कसैलाई भेटघाट , भनसुन र दवाव नदिएको कुरा मन्त्री दुगडले प्रस्ट पादै ती गलत समाचारहरुको खण्डन गर्नु भएको छ । यस्तो छ , प्रेस बिज्ञप्तिः