कांग्रेस नेता शाहीले बाँडनु भयो ७ हजार मास्क

२८ चैत्र २०७६, शुक्रबार १३:२१

काठमाडौं , नेपाली कांग्रेस जुम्लाका युवा नेता लक्ष्मण शाहीले जिल्लामा ७ हजारभन्दा बढी मास्क वितरण गर्नु भएको छ । जिल्लाका विभिन्न स्थानीय तह पुगेर उहाँले कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामग्री तथा खाद्यान्न सामग्री वितरण गर्नु भएको हो ।
उहाँले पातालखोला र कालिकाखेतु स्वास्थ्य चौकीलाई सेनिटाइजर, सर्जिकल मास्क, डिजिटल थर्मोमिटर र ग्लोव्स उपलव्ध गराउनु भएको छ । त्यस्तै बड्की स्वास्थ्य चौकी र प्रहरी चौकीलाई पनि आवश्यक सामग्री दिनु भएको छ ।