तामाको भाँडामा पानी पिउदा यस्ता छन् फाइदाहरु

२७ चैत्र २०७६, बिहीबार ०९:५९

काठमाडौं , धार्मिक र स्वास्थ्यको दुष्टिकोणले तामाको भाँडामा पानी पिउनु निकै राम्रो मानिन्छ । तामाको भाँडामा पानी पिउनु वैज्ञानिक हिसाव पनि राम्रो मानिन्छ । हामिले तामाको भाँडामा पानी पिउने बानि बसाले स्वास्थ्यको लागि धेरै नै फाइदा हुन्छ । तामाको भाँडामा राखिएको पानी लामो समय राख्दा पनि बेस्वाद हुने हुदैन ।

तामाको भाँडामा राखिएको पानीको सेवनले पेटमा भएको ब्याक्टेरिया पनि नष्ट गर्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस पनि तामामा लामो समयसम्म बाच्न नसक्ने वैज्ञानिकहरुले बताउदै आइरहेका छन् । वैज्ञानिकहरुले प्लाष्टिकका भाँडामा भन्दा तामा कै भाँडामा पानी पिउनु राम्रो हुने पनि बताएका छन् ।

त्यस्तै प्लाष्टिकका भाँडामा कोरोना धेरै समयसम्म सक्रिय हुने वैज्ञानिकहरुले बताएका छन् । तामाको भाँडामा ८ घण्टा राखीएको पानी पिउँनु राम्रो मानिएको छ । तामाको भाँडामा राखिएको पानी पिउदा रगतको विकार हुने समस्या हट्ने गर्दछ । तामामा एन्टी इन्फ्लेमेटरी हुने भएकाले यसमा राखिएको पानीले जोर्नी दुख्ने समस्या पनि हट्छ ।

त्यस्तै तामाको भाँडामा राखिएको पानी पिउदा थाइरेक्सिन हर्मोन नियन्त्रित हुने गर्दछ । नियमित तामाको भाँडोमा राखेको पानी पिएमा छाला स्वस्थ र सुन्दर पनि हुन्छ । यसको नियमित सेवनले एसिडिटी, कब्जियतजस्ता पेटका समस्या हराउछ ।