कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको निधन

२७ चैत्र २०७६, बिहीबार ०९:३१

काठमाडौं , कोरोना भाइरसका कारण बेलायतमा एक नेपालीको निधन भएको छ।पूर्वगोर्खा सैनिक एवं तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । ५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको तमु धीं लन्डन इकाईले जनाएको छ ।नेपालको पर्वत स्थायी घर भई लामो समयदेखि श्रीमतीका साथ बेलायतमा बस्दै आएका थिए ।