महामारीको प्रभावः सम्भावित आर्थिक संकट

२६ चैत्र २०७६, बुधबार १५:१२

डा चन्द्रमणि अधिकारी

महामारीको प्रभाव सोझै कोरोना संक्रमणबाट मात्र हुने होइन । यसले ल्याउने आर्थिक, सामाजिक, तथा मानसिक प्रभावको नकारात्मक प्रभाव मानिसको स्वास्थ्य, शान्ति सुरक्षा, सामाजिक व्यवस्था तथा मानिसको आयसमेतका आर्थिक क्षेत्रमा पनि घनिभूत र भयावह रुपमा पर्न सक्छ ।
मानिसमा बढेको तनावले पनि कतिपय रोगहरु बढ्न र सिर्जित हुन सक्छन् । उच्च रक्तचाप भएका, मृगौलाको रोगी र मुटुको समस्या भएका व्यक्तिमा यो तनावले अझ बढी जोखिम बढाउन सक्छ । नयाँ रोगीहरु बढ्न सक्छन् । यसबेला मानिसहरु दुई किसिमले तनावमा जान्छन् ।
एउटा– अहिले नागरिकले पाउनेुपर्ने दैनिक आवश्यकताका वस्तु तथा सेवा नपाउनाले । त्यसको जोहो गर्न परिवारका लागि दैनिक आवश्यकताका वस्तु तथा सेवाको व्यवस्थापन गर्नमा परेको समस्याबाट सिर्जना हुने तनाव ।
अर्को– यो महामारीका कारण हुन सक्ने आर्थिक तथा सामाजिक नोक्सानी र त्यसबाट भविश्यमा आइपर्ने सम्भावित आर्थिक संकट । (फेसवुक पेजबाट साभार )