११ हप्ताको लकडाउन पछि चिनको बुहानबाट निस्कियो पहिलो रेल

२६ चैत्र २०७६, बुधबार ०९:३५

एजेन्सी कोरोनाभाइरसको उद्गम स्थल चीनको ऊहानबाट ११ हप्ताको लकडाउनपछि बुधबार पहिलो रेल निस्किएको छ ।

चीनको ऊहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । समाचार एजेन्सी एपीका अनुसार ऊहानका जनताले अब जता पनि जाने अनुमती पाएका छन् ।
चीनमा कोरोना भाइरसका ६२ नयाँ संक्रमित भेटिएका छन् । एकदिन अघि यहाँ ३२ जना नयाँ संक्रमित पाइएका थिए ।