आज नेकपा सचिवालय बैठक बस्दै

२५ चैत्र २०७६, मंगलवार १५:३६

काठमाडौं , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दैछ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले म‌ंगलबार अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको जानकारी दिनु भएको छ ।

सचिवालयको बैठकमा कोरोना भाइरस रोकथाम तथा उपचारमा सरकारले गरिरहेको काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ ।

स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिएको भन्दै यतिबेला नेकपाभित्र र बाहिर चर्को असन्तुष्टि बढेको छ ।