उच्चस्तरीय समन्वय समितिको बैठक ५ बजे बस्दै

२३ चैत्र २०७६, आईतवार १६:४३

काठमाडौं, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज साँझ ५ बजे बस्दैछ । लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गर्नेदेखि लिएर यसको अवधि थप्नेबारे आजको बैठकमा छलफल हुने बुझिएको छ । हिजो तीन जना नयाँ संक्रमित देखा परेपछि सरकारले थप सावधानी अपनाएको छ । सरकारले बन्दाबन्दीको आदेश कार्यान्वयनमा प्रभावकारी कदम चालेको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनलाई थप कडाई गर्ने निर्णय गरेको छ । एक स्थानीय तहबाट अर्को तहमा जानसमेत रोक लगाएको छ । कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म बन्दाबन्दी (लकडाउन) को अझ पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ।