पोखरामा भेटिए कोरोनाका सातौं संक्रमित

२१ चैत्र २०७६, शुक्रबार १४:३२

पोखरा– नेपालमा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका छन्। पोखरामा गरिएको स्वास्थ्य परीक्षणमा कोरोनाका सातौं संक्रमित भेटिएका हुन्। ती व्यक्ति भारतबाट आएको खुलेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालै मात्र स्थापना गरिएको कोभिड-१९ परीक्षण ल्याबबाट भारतबाट आएका ती व्यक्तिमा कोरोना पुष्टि भएको हो। गण्डकी प्रदेश सरकारका एक अधिकारीका अनुसार पोखराको ल्याब पोजेटिभ देखिएपछि पुन:परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा पठाइँदैछ। यसअघि बिहीबार मात्रै बागलुङकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको थियो। उनी नेपालमा कोरोना भेटिने छैटौं व्यक्ति थिइन्।