नेपाल सुनचाँदी व्यवसायी महासंघले एकसाता सुनचाँदीको भाउ नतोक्ने

१२ चैत्र २०७६, बुधबार १७:४२

नेपाल सुनचाँदी व्यवसायी महासंघले एकसाता सुनचाँदीको भाउ नतोक्ने भएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित हुन सरकारले मुलुक लकडाउन गरेको अबधिभर महासंघले सुनचाँदीको बजार भाउ नतोक्ने भएको हो ।

सरकारको लक डाउन नीतिलाई सघाउन सुनचाँदी पसल बन्द गरिएकोले यो समयमा सुनचाँदीको भाउ तोक्नुको कुनै अर्थ नहुने महासंघले जनाएको छ ।