भारतबाट फर्किएकालाई देश छिर्न आज अन्तिम मौका

११ चैत्र २०७६, मंगलवार १८:०६

काठमाडौं , सरकारले भारतका विभिन्‍न स्थानबाट आएर दक्षिणी सीमाक्षेत्रमा जम्मा भएका नेपालीलाई घर आउन आज अन्तिम मौका दिने भएको छ। कोरोना रोकथाम उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले यस्तो निर्णय लिएको हो। समितिका सदस्य, अर्थमन्त्री तथा सञ्‍चारमन्त्री डा युवराज खतिवडाले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनु भएको हो ।