कोरोनाः हरिहर लामिछानेले ३ महिनासम्म भाडा नलिने घोषणा गरे

८ चैत्र २०७६, शनिबार १७:१९

काठमाडौं , चिनको वुहान राज्यबाट विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको त्रासमा एक घरधनीले आफ्ना घरमा डेरा गरेर बस्ने सबै घरबेटीलाई तीन महिनासम्म भडा नलिने घोषणा गरेका छन् ।

काठमाडौँ कलंकी घरमा भएका हरिहर लामिछानेले आफ्नो घरमा भाडामा बस्नेहरूका लागि चैत १ गतेदेखि ३ महिनासम्म कुनै पनि भाडा नलिने घोषणा गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

कोरोना भाइरसका कारण अवस्था त्रासपूर्ण बनेपछि काठमाडौं छाड्ने मानिसहरूको संख्या तिब्र गतिमा छ । उनले लेखेका छन्, ‘मेरो घरमा भाडा बस्नेहरूलाई चैत्र १ गतेबाट ३ महिनासम्म भाडा छुट गर्ने निर्णय गरियो ।’