पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

६ चैत्र २०७६, बिहीबार ०९:४१

काठमाडौं , पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना हुनु भएको छ । ढाडमा समस्या देखिएपछि उहाँ हिजो बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना हुनु भएको हो । उहाँको स्वाथ्यमा क्रमिक रुपमा सुधार देखिएकाले आज बेलुकासम्म अस्पतालबाट डिस्चार्ड हुने समाजवादी पार्टीका प्रचारप्रसार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिनु भयो ।