यस्तो रहेछ , पूर्व नेपाल सुन्दरी उषाले वैवाहिक सम्बन्ध तोडनुको कारण

३ चैत्र २०७६, सोमबार १४:४३

काठमाडौं , पूर्व मिस नेपाल उषा खड्गीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेकी छन्। एक टेलिजिनसँगको कुराकानीमा आफ्नो १७ वर्षे वैवाहिक सम्बन्धमा पूर्ण विराम लगाएको घोषणा गरेकी हुन्। खड्गीको १७ वर्षअघि जीपी तिमल्सिनासँग विवाह भएको थियो।

विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन्। यसअघि नै उषा र जीपीबीच डिभोर्स हुने चर्चा चलेको थियो। यद्यपि उनीहरु दुवैले त्यसलाई नकार्दै आएका थिए। तर, अहिले उषा आफैंले यसबारे मुख खोलेकी हुन्। जीपी तिमल्सिना र उषा खड्गीबीच १९ वर्षअघिको चिनजान हो। २ वर्ष रिलेसनसिपमा बसेपछि उनीहरूबीच बिहे भएको थियो। हाल उषा र जीपीबाट एक छोरा र एक छोरी छन्।