
काठमाडौं , धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) ले पछिल्लो समय बनाएको चलचित्र ‘सेन्टिभाइरस’ लाई कोरोना भाइरसले प्रभाव पारेको छ। यद्यपि सेन्टि भाइरसको आम्दानीको ५० प्रतिशत रङ्गशालामा लगाउने घोषणा धुर्मुस–सुन्तलीले गरेका छन्। चितवनको रामपुरमा ‘अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रिकेट रङ्गशाला’ बनाउँदै गरेका धुर्मुस–सुन्तलीको ‘सेन्टिभाइरस’ ले आशातित सफलता पाउन सकेन।
हास्य कलाकार धुर्मुस भन्छन्, “दर्शकको साथ भए पनि कोरोनाको महामारीले चलचित्रलाई नराम्रो असर पा¥यो।” पारिवारिक तथा राजनीतिक विषयवस्तु समेटेर बनाइएको चलचित्रमा सीताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेललगायत कलाकारको अभिनय रहेको छ। कुमार कट्टेल र दीपक आचार्यको कथा रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटी, शङ्कर थापा, सुशान्त गौतम र कालिप्रसाद बाँस्कोटाको सङ्गीत छ। सेन्टिभाइरस फागुनको ९ गतेबाट प्रदर्शनमा आएको थियो।
