डेँगीका ३६ जना संक्रमित भेटिए

२ चैत्र २०७६, आईतवार १५:१८

काठमाडौं, मौसम परिवर्तनसँगै नेपालमा डेँगी रोग देखा पर्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सन् २०२० जनवरीदेखि मार्च १३ सम्ममा ३६ जना डेँगीका विरामी भेटिएका छन्।

प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरीमा गरेर ६ जनामा डेँगी देखिएको छ भने प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा गरी ९ जनामा डेँगीको संक्रमण भेटिएको छ। गण्डकी प्रदेशमा ५ जना र सुदूरपश्चिम प्रदेशमा २ जनामा डेँगी भेटिएको छ। त्यसैगरी प्रदेश नम्बर ५ मा १४ जना डेँगी संक्रमित भएका छन्। (नागरिकबाट)