‘को हो त्यो’ को भिडियो सार्वजनिक

२ चैत्र २०७६, आईतवार १४:५३

काठमाडौं , गायिका रानी शाक्यले रोमान्टिक शैलीको नयाँ गीत ‘को हो त्यो’ को भिडियो सार्वजनिक गरेकी छन् । गीतमा गोविन्दप्रसाद उपाध्याय शब्द, विक्रम थापाको संगीत तथा विशन मानन्धरको संगीत संयोजन रहेको छ ।

सुबल थापाले कोरियोग्राफी गरेको गीतको भिडियोमा एलिशा शर्मा र कमल सिंहको अभिनय छ । एक युवतीले आफूलाई मनपर्ने मान्छेले सपनामा आएर आफूलाई सताएको र आफ्नो निद्रा चोरी लगेको चर्चा गरिएको छ ।

जीवन शाहीले निर्देशन गरेको भिडियोको छायांकन नवराज उप्रेती तथा सम्पादन नवीन निरौलाले गरेका हुन् । पेसाले चिकित्सकसमेत रहेकी शाक्य हाल अमेरिकामा बस्छिन् ।