
सल्यान , शनिबार राति परेको चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षति भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका २ मेलचौर निवासी धनीराम चलाउनेको दुई घरमा चट्याङले क्षति पुर्याएको हो । शनिबार राती परेको चट्याङले चलाउनेका २ वटा घर र घरमा रहेका केही सामानहरुमा क्षति पुगेको छ। चट्याङ लागेर घरको भुइँतला जलेको छ । चलाउनेका अनुसार भुईतलाको एउटा कोठामा रहेको सोलार र कपडा समेत जलेको छ ।
