अध्यक्ष अरुण बस्नेत लगायत चारजना सदस्यहरुले लिए पदभार

३० फाल्गुन २०७६, शुक्रबार १४:४६

आज काठमाण्डौ जिल्ला खेलकुद विकास समिति ज्ञानेश्वरको कार्यालय सानोगौचरणमा अध्यक्ष अरुण बस्नेत लगायत चार जना सदस्यहरु रुपा थापा मगर,तप्तराज तिमल्सीना, बिन खड्का, राजेन्द्र अर्यालले पदभार ग्रहण गर्नु भएको छ ।

पूर्व अध्यक्ष धुर्बराज न्यौपाने लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्यहरु प्रल्हाद दाहाल, ममताशेर्पा,निरञ्जन थापामगर,विकाश श्रेष्ठ र सिन्धुपाल्चौक जिल्ला खेलकुद विकास ्सामितिका अध्यक्ष शिव देउजाको उपर्स्थित रहेको थियो । कार्यक्रममा खेल संग सम्बन्धित विभिन्न व्यक्तित्वहरु सहित प्रशिक्षक र कर्मचारीहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा पूर्व अध्यक्ष धुर्वराज न्यौपानेले आफुले यो टिमलाई पुर्ण रुपमा सहयोग गर्ने बताउनु भयो भने अध्यक्ष अरुण वस्नेतले हिजोका राम्रो कुराहरुको ,अनुसरण गर्दै सबैको सल्लाह लिएर आफूले काम गर्ने बताउनु भयो ।