अदालतमा कार्यरत कुर्मी घुससहित पक्राउ

२९ फाल्गुन २०७६, बिहीबार १७:५९

कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रुपमा करारमा कार्यरत बिश्वनाथ कुर्मी (चौधरी) २ लाख घुससहित पक्राउ परेका छन् ।

उनले ठगी मुद्दा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयले पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कपिलवस्तु नगरपालिका वडा नम्बर १ स्थित महामाया प्रेस गौढीचोकबाट उनलाई बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।