‘नागरिकता विधेयक चाँडै पास गरौँः’ सांसद यादव

२९ फाल्गुन २०७६, बिहीबार १४:३९

काठमाडौं, सांसद महेन्द्रराय यादवले नागरिकता विधेयक चाँडै पास गर्नुपर्ने बताउनु भएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद रायले नेपालीको जन्मसिद्ध अधिकार हनन भएको बताउँदै यस्तो बताउनु भएको हो । ‘नेपाली जनताको जन्मसिद्ध अधिकार हनन भएको छ। नागरिकताको अभावले नेपालीको सन्तानले नै पढ्न पाएको छैन, जागिर पाएको छैन, स्वास्थ्य सेवा पाएको छैन, नोकरी गर्न र व्यापार केही गर्न सकेको छैन। आफ्नै देशमा उपनिवेशिक बनाएर यो सरकारले के गर्न लागेको हो ? नागरिक विधेयकसम्बन्धी विधेयकको अध्ययन गर्न बनेको समितिले पनि काम नगरेको उहाँको आरोप छ।