सुनको मूल्य ८०० ले घट्यो

२९ फाल्गुन २०७६, बिहीबार ११:२८

काठमाडौं , नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ८०० ले घटेको छ । बुधबार प्रतितोला ८२ हजार ३०० मा कारोबार भएको सुन आज प्रतितोला ८१ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ ।

त्यस्तै , तेजावी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ,
भने चाँदी बुधवारको तुलनामा २० रुपैयाले घटेर प्रतितोला ८ सय ६० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ।