सिंगापुर लैजाने कुरा झुट र भ्रमपूर्णः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा

२८ फाल्गुन २०७६, बुधबार १७:३७

काठमाडौँ, एक साता अघि मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अपेक्षा अनुरुप नै सुधार भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

केही सञ्चारमाध्यममा ओलीको स्वास्थ्य अवस्था विग्रिएको भन्दै समाचार आएपछि अस्पतालको यस्तो धारणा आएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपण पछि प्रधानमन्त्रीको ओलीको स्वास्थ्य अपेक्षा अनुरुप नै सुधार भएको बताउनु भयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सिंगापुर लैजाने भन्ने कुरा १०१ प्रतिशत झुट र भ्रमपूर्ण रहेको बताउनु भएको छ । उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अपेक्षित रुपमा सुधार हुँदै गएको बताउनु भएको छ ।