निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट

२८ फाल्गुन २०७६, बुधबार १०:३६

काठमाडौं, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको लोकन्थलीस्थित घरमा कुकर बम विस्फोट भएको छ ।

विष्फोटबाट भुइँ तल्लामा क्षति पुगेको छ भने झ्यालका सिसा फुट्नुका साथै कम्पाउण्डको पर्खाल ढलेको भक्तपुर प्रहरीले जनाएको छ ।विष्फोट कसले गरायो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।