पत्रकार गुरुङलाई युकेबाट आर्थिक सहयोग

२७ फाल्गुन २०७६, मंगलवार ११:३५

पोखरा , मिर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका पत्रकार राजबहादुर गुरुङलाई युकेबाट आर्थिक सहयोग प्राप्त भएको छ । पोखरा–१६ दीपस्थित उनको निवासमा आज आयोजित एक कार्यक्रममा युकेमा संकलन गरिएको रु तीन लाख ५६ हजारको चेक फोटो पत्रकार संघका अध्यक्ष मिलन गुरुङले हस्तान्तरण गरे ।

युवा समाजसेवी तथा सामाजिक अभियन्ता लन्डन निवासी चारभञ्ज्याङकी चेली अन्तिम गुरुङको सक्रियतामा उक्त रकम संकलन गरिएको हस्तान्तरण कायृक्रममा जानकारी दिइयो । मिर्गौला सफल प्रत्यारोपणपश्चात् निवासमा आराम गरी क्रमिकरूपमा स्वास्थ्य परीक्षणमा रहेका पत्रकार गुरुङले सहयोगीलाई धन्यवाद दिँदै सबैको साथ सहयोगले प्रत्यारोपण सफल भएको विश्वास व्यक्त गरे ।