
काठमाडौं, परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीको हात चिर्न लगाउने एक शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई महानगरीय प्रहरी वृत बानेश्वरले पक्राउ गरेको हो। प्रहरीले उनलाई शनिबार बिहान घरबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताउनु भयो । जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्यविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताउनु भयो ।
