
काठमाडौँ , नेपाल औषधी उत्पादक संघले ७५ प्रतिशत औषधीको माग पूरा गर्न सक्षम रहेको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संघले हाल मुलुकमा ६२ वटा उद्योग सञ्चालनमा रहेको र ती उद्योगले ७५ प्रतिशत औषधीको माग पूरा गर्ने भएकाले आत्तिनु पर्ने अवस्था नरहेको प्रष्ट पारेको छ ।
भारतले विभिन्न २६ वटा औषधी उत्पादन र कच्चा पदार्थमा रोक लगाए पनि नेपालमा उत्पादन हुने कुनै पनि औषधीको उत्पादनमा त्यसले फरक नपर्ने संघको भनाइ छ ।

