‘फूल धयरी’ नयाँ गीत सार्वजनिक (भिडियो सहित)

१२ फाल्गुन २०७६, सोमबार १५:५४

काठमाडौ , गायक तथा संगीतकार माधब भण्डारीको नयाँ गीत ‘फूल धयरी’ सार्वजनिक भएको छ । उक्त गीतमा गायकमाधब भण्डारी, गायिका मिनेश घतानी र सान्तीश्री परियारको स्वर रहेको छ । त्यस्तै लय एरेन्ज गायक तथा संगीतकार माधव भण्डारीको रहेको छ। शब्द रमेश बिजीको रहेको छ ।

शिव बिकको निर्देशन रहेको सो गीतको भिडियोमा लोमस शर्मा, अर्जुन, अस्मिता, समिक्षा, भिम केसी र सन्तोष मगरातीको अभिनय रहेको छ । गायक भण्डारी २०७३ सालमा सडक दुर्घटना परे पछिको पहिलो गीत बजारमा आएको हो ।