आज साताको पहिलो दिन चौथो घण्टा चलिरहदाँ नेप्सेको ३ अर्ब ४ करोड बराबरको कारोबार

११ फाल्गुन २०७६, आईतवार १५:२७

काठमाडौं , आज अत्याधिक अंकले बढिरेको नेप्सेले कारोबार रकममा नयाँ इतिहास बनाएको छ । आज साताको पहिलो दिन चौथो घण्टा चलिरहदाँ ३ अर्ब ४ करोड बराबरको कारोबार भएको हो ।

जुन नेप्सेको इतिहास मै पहिलो पटक धेरै कारोबार हो । अहिले सम्ममा ७१ लाख कित्ता शेयर खरिद बिक्री भइसकेका छन् ।

आज १४३४.५७ को बिन्दु बाट कारोबार सुरु भएको थियो भने यो समय सम्म आउदाँ नेप्से ६४.९३ अंकले बढेर १४९९.१० को बिन्दुमा पुगेको छ ।